dashain
Wednesday, 17 October 2018 03:48 pm, Nepal

पहिरो हटाउने काम शुरु

मेचीकाली : 2018-09-11 12:55:47

रसुवा, २६ भदौ : धुञ्चे नजिक त्रिशूली नदी छेउ खोपाङ भीरमा सोमबार साँझ झरेको पहिरोको कारण अवरुद्ध सडक सञ्चालन गर्न आज बिहानैबाट काम शुरु भएको छ । रसुवाका प्रमुख जिल्ला प्रहरी अधिकारी कृष्ण पौडेलका अनुसार धुञ्चे–स्याफ्रुबीच रहेको पासाङल्हामु राजमार्गको अवरोध हटाउन डिभिजन सडक कार्यालयका दुई डोजर तथा लोडर प्रयोग गरिएको र आजै मङ्गलबार साँझसम्म मौसमले साथ दिए सडकको ट्र्याक खोल्ने लक्ष्य लिइएको छ ।

पुरा पढ्नुहोस्

रसुवागढी नाकामा अर्बौंको सामान रोकियो

मेचीकाली : 2018-08-20 07:57:26

रसुवा, ४ भदौ : वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो ।

पुरा पढ्नुहोस्

नेपाल–चीन आवतजावत बन्द

मेचीकाली : 2018-07-29 14:03:39

रसुवा, १३ साउन : रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।

पुरा पढ्नुहोस्

रसुवामा भूकम्पमापन उपकरण जडान गर्ने कार्य शुरु

मेचीकाली : 2018-04-14 16:29:53

रसुवा, १ वैशाख (रासस) : हिमाली क्षेत्रमा जाने भूकम्पमापनका लागि उत्तरी रसुवाको पार्वतीकुण्ड क्षेत्रमा उपकरण जडान गर्ने काम शुरु भएको छ । खानी तथा भूगर्व विभागका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार जमिनको सतहभित्र ब्रोडब्याण्ड सिस्टोमिटर, एक्सिलरो मिटर र जिपिएस तीन प्रकारका उपकरणको सहायताले पृथ्वी हल्लिनासाथ भूकम्पको रेक्टर आउने र भिस्याट उपकरणले काठमाडाँस्थित लैनचौरमा जडान भएको केन्द्रीय मापन केन्द्रको विवरण एकसाथ पु¥याउन आवश्यक सामग्री जडान कार्य शुरु गरिएको छ ।

पुरा पढ्नुहोस्

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

मेचीकाली : 2018-04-12 13:19:24

रसुवा, २९ चैत : लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु