Wednesday, 08 February 2012 08:27 pm, Nepal

रसुवामा हिमपात, किसान खुसी

मेचीकाली : 2012-01-13 13:16:34

राजमार्ग बन्द

रसुवा, २९ पुस : गएराति परेको भीषण हिमपातका कारण पासाङल्हामु राजमार्गको राम्चे–धुन्चे सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन । छ वर्षपछि गएराति सदरमुकाममा हिमपात भएको र सडकमा जमेको बाक्लो हिउँका कारण सडक अवरुद्ध भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

चिलिमेको लाभांश वितरण

मेचीकाली : 2011-11-30 20:15:17

रसुवा, १४ मंसिर : रसुवावासीलाई गत वर्षमा प्रदान गरिएको विद्युत् सेयरको लाभांश रकम स्थानीयस्तरबाटै भुक्तानी प्रदान गरिएको छ । राजधानीबाट भूक्तानी गर्दै आएकामा कतिपय ग्रामीणवासी सम्पर्क राख्न नआएका कारण  धुन्चेमा घुम्ती कार्यदल स्थापना गरी सेयर प्रमाणपत्र र लाभांश रकम जनता बैंक मार्फत भुक्तानी दिलाइएको नागरिक लगानी कोषका फिल्ड प्रबन्धक नारायण घिमिरेले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

रसुवाको व्यापार व्यवसायमा वृद्धि

मेचीकाली : 2011-11-10 16:38:24

रसुवा, २४ कात्तिक : वर्षायाममा अवरुद्ध राम्चे र मूलखर्क खण्डको पासाङ–ल्हामु मार्ग खुल्ला भई यातायातमा सहजता आएपछि उत्तरी रसुवाको व्यापार व्यवसायमा वृद्धि भएको छ । यातायातको सहजताले पर्यटकको आगमनमा दिनानुदिन वृद्धि हुँदै गएको, विकास निर्माण सुचारु हुन थालेको, ठाउँठाउँमा सडक बन्न थालेपछि मानिसको आगमन बढेकाले दैनिक उपभोग्य वस्तु बढी मात्रामा खपत भई व्यापार व्यवसायमा अभिवृद्धि भएको रसुवा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

पुरा पढ्नुहोस्

गोसाइँकुण्डमा यात्रु घटे

मेचीकाली : 2011-08-13 06:54:31

रसुवा, २८ साउन : रसुवा जिल्लाको निलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्ने भक्तजनको आगमनमा कमी आएको छ ।यस वर्षको एकादशीदेखि जनैपूर्णिमासम्म २० हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अपेक्षा राखिए तापनि लगभग चारपाँच हजारको हाराहारीमा आगमन भएको अनुमान गरिएको छ । एकातर्फ यही साउन ७ गतेदेखि शुक्र अस्त भएको र अर्कातर्फ मध्यवर्षात्बाट मूलखर्क एवं फूलखर्कको पहिरोले काठमाडौँ¬–धुन्चे सिधा यातायात बन्द भएका कारण गोसाइँकुण्डकाा यात्रु घटेको विश्लेषकले बताएका छन् ।

पुरा पढ्नुहोस्

गोसाइँकुण्ड मेला सुरु

मेचीकाली : 2011-08-09 08:01:10

रसुवा, २४ साउन : रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड आजदेखि मेला सुरु भएको छ । साउन २८ गतेसम्म गोसाइँबाबाको आशीर्वाद लिन यस वर्ष करिब २० हजार भक्तजन निलाद्री पर्वत पुग्ने र भक्तजनलाई यथेष्ठ बसोवास र उपचारको प्रबन्ध मिलाएको गासाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु