Sunday, 18 November 2018 06:15 pm, Nepal

भवन र पर्खाल भत्काइएपछि सडकमै विद्यालय सञ्चालन

मेचीकाली : 2018-10-26 10:03:46

जनकपुर, ९ कात्तिक : विद्यालय भवन र पर्खाल भत्काइएपछि बिचल्लीमा परेका जनकपुर उपमहानगरपालिका २१ कूर्थास्थित राजर्षी जनक उच्च माध्यमिक विद्यालयका शिक्षकले सडकमै कक्षा सञ्चालन गरेका छन् । सडकमै टेवल, डेक्स राखेर विरोध स्वरुप शिक्षकले सडकमै कक्षा सञ्चालन गरेका हुन् ।

पुरा पढ्नुहोस्

राजदेवीमा १५ हजार बोका बलि

मेचीकाली : 2018-10-18 09:29:18

जनकपुरधाम, १ कात्तिक : शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ ।

पुरा पढ्नुहोस्

नेपाल–भारत सम्बन्ध प्रगाढ छ : मन्त्री महासेठ

मेचीकाली : 2018-10-17 10:32:21

धनुषा, ३१ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार भारतको जयनगर पुग्नुभएका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो, “नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुवै सरकारबीचको सम्बन्ध सुमधुर छ ।”

पुरा पढ्नुहोस्

पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो

मेचीकाली : 2018-09-29 16:43:38

जनकपुरधाम, १३ असोज : भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताउनुभएको छ । जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।”

पुरा पढ्नुहोस्

एसिड पीडितलाई थप राहत घोषणा

मेचीकाली : 2018-09-25 11:18:06

जनकपुरधाम, ९ असोज : प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप राहत दिने घोषणा गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले उक्त घोषणा गर्नुभएको हो । मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहत स्वरूप ‘बेटी बचाउ, बेटी पढाउ’ योजनाबाट थप रु तीन लाख रकम दिने घोषणा गरिएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु