Wednesday, 08 February 2012 08:28 pm, Nepal

धनुषामा वाईसीएलद्वारा जग्गा कब्जा

मेचीकाली : 2012-01-28 08:42:27

जनकपुर, १४ माघ : धनुषाको गाविस सोनिगामा वडा नं ९ टिल्ही स्थित रहेको १२ बिगाहा जमिनमा फेरि वाईसीएलका कार्यकर्ताहरुले कब्जा गरी झण्डा गाडेका छन् । धनुषा जिल्ला क्षेत्र नं २ का कमिटीको अगुवाइ तथा स्थानीय एकीकृत नेकपा माओवादी सोनिगामा कमिटीको अध्यक्ष देवेन्द्र रायको नेतृत्वमा जग्गा कब्जा गरी पार्टीको झण्डा गाडिएको हो ।

पुरा पढ्नुहोस्

विद्यार्थीमाथि ज्यादती गरेको भन्दै आज तेस्रो दिन पनि धनुषा बन्द

मेचीकाली : 2012-01-26 08:45:19

जनकपुर, १२ माघ : शान्तिपूर्ण जुलुशमा प्रहरीले ज्यादती गरेको भन्दै विद्यार्थी संघसंगठनहरुले आज तेस्रो दिन पनि धनुषा बन्द जारी राखेका छन् ।  पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले हिजो जनकपुर नगरमा शान्तिपूर्ण जुलुश प्रदर्शन गरिरहेको बेला प्रहरीले ज्यादती गरेपछि उनीहरुले लगातार दोश्रो दिन धनुषा जिल्ला बन्दको आव्हान गरेका हुन् ।

पुरा पढ्नुहोस्

जनकपुर बन्दैछ लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’

मेचीकाली : 2012-01-13 17:55:57

जनकपुरधाम, २९ पुस : सीमावर्ती भारतीय बजारबाट निर्वाध रुपमा लागुऔषध आउने गरेकाले जनकपुर लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकसित हुँदैछ । सीमावर्ती भारतको पिपरौन, उवगाउँ, सीतामढीलगायत बजारमा यहाँका युवा लागुऔषध नाइट्रोसन, एस्यास्को, फोर्टविन, कोरेकस, लुपिकम, फेन्सिडिल, रेसकमजस्ता लागुऔषध सेवन गर्नुका साथै लिएर समेत आउने गरेको छ ।

पुरा पढ्नुहोस्

जनकपुरको आमहड्ताल जारी, जनजीवन कष्टकर

मेचीकाली : 2012-01-13 08:51:11

जनकपुर, २९ पुस : जनकपुर उधोग वाणिज्य संघले आहवाहन गरेको आमहडतालका कारण आज तेस्रो दिन पनि धनुषाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । आन्तिरक राजस्व कार्यलय जनकपुरबाट बर्दिबास सार्ने  सरकारको निर्णयको विरोध स्वरुप संघले आन्दोलनको घोष्णा गरेको हो ।

पुरा पढ्नुहोस्

आन्तरिक राजस्व कार्यदलमा तालाबन्दी

मेचीकाली : 2012-01-08 16:45:06

जनकपुरधाम, २४ पुस : जनकपुरबाट आन्तरिक राजस्व कार्यालय महोत्तरीको बर्दिवासमा स्थानान्तर गर्न लागिएको भन्दै जनकपुर उद्योग वाणिज्य सङ्घद्वारा आज सो कार्यालयमा तालाबन्दी गरिएको छ । सङ्घका अध्यक्ष श्यामकुमार साहले सेवाकेन्द्रका रूपमा बर्दिवासमा कार्यालय स्थापना गरिए पनि पछि गएर सो कार्यालय यहाँ सार्ने षड्यन्त्र भइरहेको छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु