Wednesday, 26 September 2018 03:03 am, Nepal

एसिड पीडितलाई थप राहत घोषणा

मेचीकाली : 2018-09-25 11:18:06

जनकपुरधाम, ९ असोज : प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप राहत दिने घोषणा गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले उक्त घोषणा गर्नुभएको हो । मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहत स्वरूप ‘बेटी बचाउ, बेटी पढाउ’ योजनाबाट थप रु तीन लाख रकम दिने घोषणा गरिएको हो ।

पुरा पढ्नुहोस्

बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन

मेचीकाली : 2018-09-01 14:20:51

धनुषा, १६ भदौ : महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ

मेचीकाली : 2018-08-31 13:14:27

धनुषा, १५ भदौ : प्रदेश नं २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आज शुभारम्भ भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक गर्नुभएको हो । प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

पुरा पढ्नुहोस्

भोली प्रदेश नम्बर–२ को प्रदेशसभालाई प्रधानमन्त्री ओलीको सम्बोधन

मेचीकाली : 2018-08-17 08:43:32

जनकपुर, १ भदौ  : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर–२ को प्रदेशसभालाई भदौ २ गते भोली सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा हिजो पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि आउने जानकारीसमेत दिइयो ।

पुरा पढ्नुहोस्

लुटेराको गोलीबाट एक घाइते

मेचीकाली : 2018-08-10 10:46:33

धनुषा, २४ साउन : मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनँलाई गोली हानेको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु