Wednesday, 08 February 2012 08:53 pm, Nepal

अनशन बस्नेको स्वास्थ्य अवस्था बिग्रँदै

मेचीकाली : 2012-02-04 10:57:29

बर्दिवास, २१ माघ : आफ्ना १० सूत्रीय माग अघि सार्दै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गत मङ्गलबार आमरण अनशन सुरु गरेका एक सामाजिक कार्यकर्ताको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । जिल्लामा रातु नदीले गर्ने गरेको क्षति न्यूनीकरण गर्न तटबन्ध निर्माण, भूस्खलन, वन र पर्यावरण जोगाउन विशेष बजेटको माग गर्दै आमरण अनशनमा बसेका जिल्लाकै सुगाभवानीपट्टिका ४० वर्षीय सुरेश पाण्डेको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उहाँको स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

पुरा पढ्नुहोस्

हतियारसहित पक्राउ

मेचीकाली : 2012-01-28 16:59:10

गौशाला, १४ माघ : महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा गएराति प्रहरीले एकजनालाई हतियारसहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुन्दरपुर गाविस–३ बस्ने २४ वर्षीय जयनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  पक्राउ परेका चौधरीले कुनै व्यक्तिसँग केही दिनदेखि धम्की दिएर रु १५ लाख माग्दै आएको सुराकी पाएपछि प्रहरी उनको खोजी गर्दै आएको प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनुभयो ।

पुरा पढ्नुहोस्

प्रदर्शन रोक्न २४ राउण्ड हवाईफायर

मेचीकाली : 2012-01-20 15:45:44

महोत्तरी, ६ माघ : महोत्तरीको बर्दिवासमा एकिकृत सेवा केन्द्र र आन्तरिक राजश्व कार्यालयको ईकाई कार्यालय बर्दिवासमा स्थापना गर्ने निर्णय कार्यान्वयनको माग गर्दै गठीत संघर्ष समितिले गरेको बन्दका क्रममा भएको झडपमा प्रहरीले २४ राण्उण्ड हवाईफायर र १० राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरीले लाठी चार्ज गर्नु शुरु गरेपछि झडप भएको थियो ।

पुरा पढ्नुहोस्

दुई बालक अपहरणमुक्त

मेचीकाली : 2012-01-16 14:43:20

महोत्तरी, २ माघ : महोत्तरीको मनरा–९ चौरियाबाट बिहीबार बिहान अपहरणमा परेका दुई बालक आज अपहरणमुक्त भएका छन् । चौरिया बस्ने किसुन मण्डलका छोरा १४ वर्षीय नरेश र नागेन्द्र मण्डलका छोरा पाँच वर्षीय शम्भुलाई अपहरणकारीहरुले आज दिउँसो १ः०० बजे महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका अगाडि छाडेका छन् ।

पुरा पढ्नुहोस्

चिसोका कारण दुईजनाको मृत्यु

मेचीकाली : 2012-01-07 14:42:43

गौशाला, २३ पुस : बाक्लो हुस्सु र शीतलहरका कारण महोत्तरीमा आज बिहान दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एकरहिया गाविस–२ ढेकहा बस्ने वर्ष ५५ का दशैं महतो र सहोडवा गाविस–५ बस्ने असो यादव रहेका छन् । अत्यन्तै गरिब, असहाय र विपन्न परिवारका दुवैजनाको न्यानो लुगाफाटा, उचित वासस्थान र आगोको अभावमा मृत्यु भएको मृतकका परिवारजनले बताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु