Wednesday, 08 February 2012 08:44 pm, Nepal

दुई पक्षबीच भिडन्त हुँदा १२ जनाभन्दा बढी घाइते

मेचीकाली : 2012-01-04 11:37:53

सर्लाही, २० पुस : सर्लाहीको रामनगरबोहर्वा गाविसमा आज बिहान दुई पक्षबीच भिडन्त हुँदा १२ जनाभन्दा बढी घाइते भएका छन् । रामनगरबोहर्वा गाविस वडा नम्बर ७ मा आपसी विवादमा दुई पक्षबीच बिहान ५ बजेदेखि गोली हानाहान भएको स्थानीयबासीले बताएका छन् । त्यस क्रममा गोलीको छर्राले दुई जना र लाठी प्रहारबाट १० जना भन्दा बढी स्थानीयबासी घाइते भएका प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

पुरा पढ्नुहोस्

कुकर बम पड्कँदा एक किशोर घाइते

मेचीकाली : 2012-01-02 17:57:14

सर्लाही, १८ पुस : सर्लाहीको बरहथवामा आज अपराह्न कुकर बम विष्फोट भएको छ । दिउँसो साढे चार बजेतिर भएको विष्फोटमा १४ वर्षिय सञ्जीव राय बमको छर्रा खुट्टामा लागेर घाईते भएकाहुन् । उनको स्थानीय उप–स्थास्थ्यचौकीमा उपचार भईरहेको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । बरहथवा गाविस वडा नं.४ मछली बजारमा एक लिटरको कुकर बम विष्फोटभएको स्थानीयले बताएका छन् ।

पुरा पढ्नुहोस्

व्यापारी माथि गोली प्रहार

मेचीकाली : 2011-12-27 11:38:51

सर्लाही, १२ पुस : गएराति सर्लाहीको बरहथवामा अज्ञात समूहले गोली प्रहार गरी एक व्यपारीलाई गम्भीर घाइते बनाएको छ । राति साढे ८ बजे बरहथवा बजारको काफ्ले होटल नजिकबाट जादैं गर्दा हजरिया १ का व्यपारी अन्तोष दासमाथि गोली प्रहार भएको थियो । दासको बायाँ छाती र बायाँ हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

पुरा पढ्नुहोस्

दलित मारिएको घटना विरुद्ध सर्लाहीका दलितहरुद्वारा चक्काजाम

मेचीकाली : 2011-12-26 11:36:12

आजै रोल्पामा वन्द आह्वान

सर्लाही, ११ पुस : होटलको चुल्हो छोएको आरोपमा कालिकोटमा दलितको हत्याको विरोधमा सर्लाहीका दलित संघसंगठनहरुले आज हरिवनमा विरोध प्रदर्शन गरेका छन् । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत हरिवनमा बिहान विभिन्न नाराहरु लगाउँदै विरोध प्रदर्शन गर्नुका साथै एक घटा चक्का जाम गरिएको थियो ।

पुरा पढ्नुहोस्

पत्रकार विनोद झाको निधन

मेचीकाली : 2011-11-29 08:43:02

सर्लाही, १३ मंसिर : नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सदस्य एवं नेपाल प्रेस युनियन सर्लाही शाखाका भुतपूर्व अध्यक्ष विनोद झाको ४८ वर्षको उमेरमा आज बिहान पक्षघातका कारण निधन भएको छ  । ४ महिना पहिले पक्षघातबाट शिकिस्त बिरामी हुनु भएका झाको आज बिहान श्वास प्रश्वासमा खराबी देखिएको र उपचारका लागि सर्लाही अस्पतालमा लाने क्रममा बाटो मै मृत्यु भएको झाको परिवारजनले बताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु