सिन्धुली, ९ माघ : एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले प्रधानन्त्री डा बाबुराम भट्टराई नजिकिन खोजेपछि भारतले नेपालको आर्थिक र सीमा क्षेत्रमा हस्तक्षेप गरेको बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय बुद्धिजीबि संगठनको आयोजनामा आज सिन्धुलीमाढीमा भएको कार्यक्रममा प्रधानमन्त्रिको यस्तै क्रियाकलाप बढ्दै जाने हो भने नेपाल कंगाल राष्ट्र हुनुको बिकल्प नभएको तर्क गर्नुभयो ।
काठमाडौं, ८ कात्तिक : एकीकृत माओवादीका सचिव सिपी गजुरेलले क्रान्तिको बाटो छाडेकाले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराइलाई पार्टीमा बस्ने अधिकार नभएको टिप्पणी गर्नुभएको छ । नेतृत्वले पार्टीमा टिकिरहन मात्र क्रान्तिको कुरा गरेको उहाँको भनाई थियो । सिन्धुलीको कमलामाई नगरपालिकामा आज विहान आयोजित कार्यक्रममा उपाध्यक्ष मोहन वैद्य निकट सचिव गजुरेलले अधुरो रहेको क्रान्तिका कुरा छाडेर शान्तिको मात्र रटान लगाउने व्यक्ति माओवादी नै हुन नसक्ने बताउनुभयो ।
सिन्धुलीमाढी, ५ कात्तिक : निर्माणाधीन बिपी राजमार्गअन्तर्गत सिन्धुलीको झाँगाझोली गविस– ४ निउलिभिरमा गत हप्ता भएको यात्रुबाहक बस दुर्घटनापछि सो सडकखण्डमा यातायात सञ्चालनमा लगाइएको रोक आजबाट खुल्ला गरिएको छ । स्थानीयबासिन्दाको दबाबमा जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्बदलीय बैठकले आजबाट यातायातका साधान सञ्चालन गर्न दिने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिन्धुलीमाढी, २ कात्तिक : जिल्ला अनुगमन समिति सिन्धुलीले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । समितिले सदरमुकाम सिन्धुलीमाढीका विभिन्न बजार क्षेत्रका मासुपसल तथा बरफ उद्योगमा छापामारी व्यापारीलाई आवश्यक कारबाही प्रक्रियासमेत अगाडि बढाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिन्धुली, १ कात्तिक : विपी राजमार्गमा समय समयमा भईरहेको दुर्घटना न्यूनिकरण होस् भन्दै सिन्धुलीको पुरानो झाँगाझोली– ४ गैह्रीपुच्छरमा आज रुद्रीपुजाको आयोजना गरिएको छ । यातायात व्यवसायी, स्थानीयबासी र हिमाल तराई यातायात व्यवसायी संघले संयुक्तरुपमा रुद्रीपुजाको आयोजना गरिएको सहकर्मी उपेन्द्र अधिकारीले जानकारी दिए ।