रामेछाप, १ असोज : रामेछापको उत्तरी रस्नालु गाउँमा गएराति पहिरोले घर बगाउँदा ३ वर्षकी बालिकासहित एकै परिवारका ३ महिलाको मृत्यु भएको छ। रस्नालु गाविस ६, दार्खाका श्यामबहादुर रोकाको घर शनिबार राती ८ बजे पहिरोले बगाएको हो। रोकाकी २२ वर्षीया बुहारी कल्पना रोका, १७ वर्षीया छोरी संगीता रोका र २ वर्षीया नातिनी इन्जिला रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
रामेछाप, ११ साउन : रामेछापको भलुवाजोरमा बुधबार विहान भएको जीप दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । दुर्घटनामा अरु दुई जना गम्भीर घाइते भएका छन् । तामाकोशी–खुर्कोट सडक आयोजनाको बा ७ च ५२५९ नम्बरको जीप भलुवाजोर ८ सेलेघाट नजिकको मोडबाट दुर्घटना हुदा त्यसका चालक अरुणसिंह घर्तिमगर र इन्जिनियर प्रवेश श्रेष्ठको ज्यान गएको हो ।
रामेछाप, २३ चैत : नेपाल पत्रकार महासंघ रामेछापको हिजो भएको ५ औँ जिल्ला अधिबेशनबाट टिकाप्रसाद भट्टको अध्यक्षतामा निर्विरोध १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सौजन्य सत्याल, सचिवमा सुमित श्रेष्ठ, सहसचिवमा केशव कालिकोटे, कोषाध्यक्षमा अप्रिल अधिकारी रहेका छन् । समितिको सदस्यहरुमा बेदबहादुर श्रेष्ठ, उद्धब कार्की, झम्क कणेँल, सन्तोष ढुङगेल रहेका छन् भने महिला र जनजाति सदस्यमा समितिको कार्यसमितिको बैठकले दुई जना सदस्य थप गर्नेछ । अधिबेशनले केन्द्रिय पार्षदमा बद्री नयाँघरे, नवराज पथिक, हिमाल ढुङगेल र रमेश श्रेष्ठ चयन गरेको छ ।
रामेछाप, १ फागुन : सेवाग्राहीहरुसँग प्रत्यक्ष सरोकार राख्ने नापी कार्यालय रामेछाप घुस खाने अखडा वनेको छ । कार्यालयमा पियन देखि हाकिम सम्मले सेवाग्राहि सगँ घुस खाने गरेका छन् । कार्यालयमा काम लीएर जाने अधिकांस सेवाग्राहीहरु सँग घुस लिनेमा अमिन मुकेश झा र कार्यालय सहयोगी चेतप्रसाद घिमिरे अघि रहेका छन् । अमिन झाले खुल्लायाम रुपमा रकम असुल्ने गरेको सेवाग्राहीहरुले वताएका छन् । १९ जना दरवन्दी रहेको नापी कार्यालयमा २ जना कर्मचारीको भरमा मात्र काम गर्नु पर्दा नागरिकको काममा ढीलासुस्ती हुने गरेको छ ।
रामेछाप, २९ पुस : राकाथुम गाविसको लुभु बजारबाट हिलेदेवीतर्फ गइरहेको एक बोलेरो जीप खनिया पानी गाविस जोगीमारास्थित जङ्गलमा दुर्घटना हुँदा जिपमा सवार तीनजनाको घटनास्थलमा मृत्युभएको छ । मृत्यु हुनेहरुमा बेथान गाविस केसरी ध्वङ, रिता ध्वङ र हिलेदेवी गाविसका हरिमान कामी छन् । उक्त दुर्घटनाबाट कुमार बिक, सुस्मी केसी र चालक बम बहादुर तामाङ घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि धुलिखेल लगिएको छ ।