Tuesday, 23 October 2018 10:11 pm, Nepal

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

मेचीकाली : 2018-10-07 10:47:53

जिरी, २१ असोज : दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘ ब्रेक थ्रु’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ ।

पुरा पढ्नुहोस्

सात स्थानीय तहको पहिलो किस्ताको रकम रोक

मेचीकाली : 2018-09-12 13:10:44

दोलखा, २७ भदौ : आर्थिक विवरण नबुझाउँदा दोलखाका सात वटा स्थानीय तहको चालु वर्षको पहिलो किस्ताको रकम रोकिएको छ । दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसकेपनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका छैनन् ।

पुरा पढ्नुहोस्

दोलखामा एकसय ३ जना बालबालिका विद्यालय बाहिर

मेचीकाली : 2018-05-25 08:58:36

दोलखा, ११ जेठ : दोलखाका ६ वटा स्थानीय तहका एकसय ३ जना बालबालिका अझै विद्यालय बाहिर छन् । जिल्लामा विद्यालय जाने उमेर समूहका एकसय ३ जना विद्यार्थी विभिन्न कारणले विद्यालय बाहिर रहेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका सुचना अधिकारी भक्तबहादुर गोदारले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

प्रसारण लाइन अलपत्र

मेचीकाली : 2018-04-07 15:56:56

चरिकोट, २४ चैत : सिंगटी– लामोसाँघु प्रसारण लाइन अहिले अलपत्र अवस्थामा रहेको छ ।दुई वर्षमा पूरा गर्ने गरी आठ वर्षअघि ठेक्का सम्झौता भएको उक्त आयोजना अहिलेसम्म पुरा हुन नसक्दा अलपत्र अवस्थामा रहेको हो । प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको बिजुली खेरगइरहेको छ भने यसबाट लगानीकर्ताले विगत पाँच वर्षदेखि करोडौं रुपैयाँको वार्षिक घाटा व्यहोर्दै आएको पनि छ ।

पुरा पढ्नुहोस्

दोलखामा ४.६ रेक्टरको परकम्प

मेचीकाली : 2018-03-02 13:52:13

काठमाडौँ, १८ फागुन : दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ ।जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गत फागुन ९ गते बिहान काठमाडौँको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रेक्टरको परकम्प गएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु