सप्तरी, १७ माघ : करिब एक दशकअघिसम्म झुप्रै झुप्रो भएको सप्तरीको बोदेबसाइन–५ जाँजरस्थित मुसलमान वस्तीमा अहिले आधुनिक सुविधासम्पन्न पक्की महलहरु देखिन थालेका छन् । मुसलमान वस्तीका अधिकांश युवा वैदेशिक रोजगारका लागि खाडी मुलुक लागेपछि सो वस्तीमा यस्तो परिवर्तन आएको हो ।
राजविराज, ११ माघ : हत्याको आरोपमा नेकपा (एमाले) का पूर्वसांसद जगदीशप्रसाद साह आज कारागार चलान भएका छन् । पुनरावेदन अदालत राजविराजले थुनामा राख्ने फैसला सुनाएको एक महिनापछि बुधबार सप्तरी जिल्ला अदालतमा हाजिर भएपछि साहलाई कारागार चलान गरिएको हो ।
राजविराज, १० माघ : चिसोले कठ्याङ्ग्रिएर सप्तरीमा थप एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राजविराज–१ निवासी ५५ वर्षीया चण्डीदेवी दास रहेको प्रहरीले जनाएको छ । हटियामा च्युरा, मुरहीको पसल सञ्चालन गर्दै आएकी दास राति पसलमै सुतेकी थिइन् । बिहान ओच्छ्यानमै उनी मृत फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
सप्तरी, ७ माघ : सरकार र अखिल तराई मुक्ती मोर्चाबीच चार वुँदे सहमति भएको छ । सप्तरीको राजविराजमा शनिवार भएको वार्तामा मोर्चाले जेलमा रहेका आफ्ना कार्यकर्ताको नाम रिहाईका लागि अर्को वार्तामा पेश गर्ने सहमति भएको छ । मोर्चाले अर्को वार्तामा आफूसँग रहेको सबै हातहतियार राज्यलाई वुझाउने र अव कुनै पनि आतंककारी क्रियाकलाप नगर्ने सहमति भएको छ ।
राजविराज, २९ पुस : तराईमा सशस्त्र सङ्घर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका सप्तरी संयोजक हतियारसहित सार्वजनिक भएका छन् । सप्तरीको पकरी गाविस–३ निवासी २३ वर्षीय देवराम भनिने अनिलकुमार यादव हतियारसहित सप्तरीका प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेल, प्रहरी प्रमुख गणेशबहादुर थापा, स्थानीय शान्ति समितिका पदाधिकारीसमक्ष आज सार्वजनिक भएको प्रजिअ पोखरेलले बताउनुभयो ।