सिरहा, ८ फागुन : एक महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएको नेकपा एमाले सिरहाले आजदेखि ११ गते सम्मको लागि आफनो आन्दोलन स्थगित गरेको छ । एमालेले तेस्रो चरणको कार्यक्रम अन्तर्गत आजदेखि लोकमार्गमा अनिश्चिकालिन चक्कजाम गर्ने कार्यक्रम स्थगित गरेको हो ।
लहान, १ फागुन : सिरहाको लहानस्थित एपोलो ॐ उच्च माविबाट एक जना विद्यार्थी चार दिनदेखि वेपत्ता भएका छन् । वेपत्ता हुनेमा सिरहाको बस्तिपुर ८ का धनिलाला साहको १५ वर्षिय छोरा जयप्रकाश साह छन् । वेपत्ता विद्यार्थी जयप्रकाश विद्यालयको छात्रावासमा रही कक्षा ९ मा अध्ययनरत छन् ।
सिरहा, २६ माघ : शान्ति सुरक्षा लगायतका ८ बुँदे माग राख्दै चरणवद्ध आनदोलनमा उत्रिएका नेकपा एमाले सिरहाले आज सिरहामा बन्द गराएका छन् । बन्दका कारण आज बिहानैदेखि सिरहामा सवारी साधनहरु चलेका छैनन् भने बजार, शैक्षिक संस्थमा पनि प्रभाव परेको छ । एमालेका कार्यकताहरु आज बिहानैदेखि पुर्व पश्चिम लोकमार्गमा यातायात अवरुद्ध गर्नुको साथै बजार पसलहरु बन्द गराउदै हिडेका छन् ।
सिरहा, २३ माघ : जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन, विभिन्न आपराधिक घटनाको छानवीन गर्नुपर्नेलगायतका माग गरी आन्दोलन गर्दै सिरहामा भइरहेको आन्दोलनमा एकजनाको मृत्यु भएको छ । दुई दिनअघि भएको चरणबद्ध आन्दोलनका क्रममा एमाले जिल्ला कार्य समितिले गरेको धर्नामा प्रहरीले लाठी चार्ज तथा ढुङ्गा हान्दा घाइते भएका हनुमाननगर ७ का रामस्वरुप पासवानको उपचारका क्रममा निधन भएको छ ।
लहान, १२ माघ : मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) सिरहाका जिल्ला अध्यक्ष रामचरित्र साहमाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको छ । राति करिब एक बजेतिर कोखामा एक गोली लागेर घाइते हुनुभएका साहको अहिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।