Wednesday, 08 February 2012 08:30 pm, Nepal

प्रहरीले हटाएलगत्तै फेरि सुकुम्बासीले जग्गा कब्जा गरे

मेचीकाली : 2011-12-31 10:49:10

 गाईघाट, १६ पुस : उदयपुरको जोगीदह गाविस–१ बरगाछीमा रहेको गजराज तातेडको चार बिघा १० कठ्ठा जग्गामा एकीकृत माओवादीका कार्यकर्ताले कब्जा गरी बनाएका घर तथा टहरा प्रहरीले भत्काएको भोलिपल्टै पुनः  उनीहरूले सोही जग्गा कब्जा गरेर टहरा बनाउन सुरु गरेका छन् ।

पुरा पढ्नुहोस्

उदयपुर सिमेन्ट उद्योग धराशायी बन्दै

मेचीकाली : 2011-12-12 17:00:28

उदयपुर, २६ मंसिर : जापानको आर्थिक तथा प्राविधिक सहयोगमा अढाइ दशकअघि स्थापित उदयपुर सिमेन्ट उद्योग धरासायी बन्दै गएको त्यहाँका मजदुरले बताएका छन् । देशमा आवश्यक पर्ने सिमेन्टको ४५ प्रतिशत माग पूरा गर्ने लक्ष्यका साथ २०४४ साल जेठमा स्थापित सो उद्योग व्यवस्थापकीय कमजोरी र सरकार परिवर्तनसँगै हुने गरेको राजनीतिक नियुक्तिका कारण धराशायी बन्दै गएको उनीहरुको आरोप छ ।

पुरा पढ्नुहोस्

नकाबधारी लुटेरा समूहले मोटरसाइकल लुटे

मेचीकाली : 2011-11-15 08:55:14

उदयपुर, २९ कात्तिक :   नकाबधारी लुटेरा समूहले सोमबार राति उदयपुरमा मोटरसाइकलमा सवार दुई युवालाई आक्रमण गरी मोटरसाइकल र अन्य समान लुटेका छन् । गाईघाटबाट बेल्टारतर्फ जानेक्रममा सो समूहले नेपाली काँग्रेस तरुणदलका नगर सभापति भोला निरौला र सदस्य केशव पौडेलमाथि चतारा गाईघाट सडकखण्डअन्तर्गत हडिया गाविसमा पर्ने फुलजोर जङ्गलमा आक्रमण गरी को.५प २४६६ नम्बरको हिरोहोन्डा लुटेर लगेको पीडितहरुले बताएका छन् ।

पुरा पढ्नुहोस्

बेचिन लागिएका बालकको उद्धार

मेचीकाली : 2011-10-19 10:10:27

गाईघाट, २ कात्तिक :  उदयपुरको तावाश्री गाविसबाट भारततिर बिक्री गर्न लगिँदै गरेका केही बालकलाई सिराहा प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालय कटारीमा बुझाएको छ ।उद्धार गरिएका बालकहरुमा तावाश्री गाविसका १३ वर्षीय देबबहादुर तामाङ, ११ वर्षीय अनिल परियार, ११ वर्षीय श्यामकुमार तामाङ र १२ वर्षीय अर्जुन परियार रहेका छन् ।

पुरा पढ्नुहोस्

धानबालीमा रोग लाग्न थालेपछि किसान चिन्तित्

मेचीकाली : 2011-10-07 14:47:39

गाईघाट, २० असोज : उदयपुरको जोगीदह गाविस क्षेत्रमा अहिले धानबालीमा पहेँले रोग लाग्न थालेपछि स्थानीय किसान निकै चिन्तित् बन्न थालेका छन् । यस वर्ष मौसम राम्रो भई धान निकै उत्पादन हुने आशा गरिरहेको अवस्थामा धानको बोटमा पहेँलो रोग देखिन थालेपछि किसान चिन्तित् बन्न थालेका हुन् । जोगीदह क्षेत्रको रुपनी, सोमबारे तथा मोथ्याइ क्षेत्रमा यस्ता रोगहरु देखिन थालेका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु