खोटाङ, ११ माघ : खोटाङको नुनथला गाविस–४ मा भारी मात्रामा युद्ध सामग्री फेला परेको छ । बारीमा गोरु जोत्दै गर्दा बम बनाउन प्रयोग गरिने ४० थान डेटोनेटर गाडेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले बिहान १०ः३० बजेतिर सो सामग्री फेला परेको जनाइएको छ ।
खोटाङ, ३ माघ : नेपालमा जुनसुकै बेला पनि विनाशकारी भुइँचालो जाने र त्यसले धेरै क्षति पु¥याउने विज्ञहरूको भनाइका आधारमा खोटाङको एक गाउँका समुदाय त्रसित बनेका छन् । भूकम्प जाने हल्लाको भरमा याम्खा–१, बार्लङका समुदाय विगत एकहप्तादेखि बारीको डिलमा पाल टाँगेर सुत्ने गरेका छन् ।
खोटाङ, २ पुस : गोरु काट्दै गरेको अवस्थामा स्थानीय चार युवा पक्राउमा परेका छन् । सदरमुकाम दिक्तेलमा गोरु काटेर मासु बाँड्दै गरेको अवस्थामा दिक्तेल–२ का दिपेश श्रेष्ठ र नवीन गुरुङ, दिक्तेल–६ का रामचन्द्र राई र खार्मी–७ का जीतबहादुर गुरुङ पक्राउ परेका हुन् । उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा सदरमुकाम दिक्तेलको माटिकोरेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
खोटाङ, ४ मंसिर : मौसम प्रतिकूलताका कारण यहाँको खाल्लेस्थित खानीडाँडा विमानस्थलमा उडान नभएपछि उपचारको अभावमा एक बिरामीको मृत्युभएको छ । गत बिहीबार बेलुकी विषसेवन गरेर बेहोस बनेकी दिक्तेल–४ की ३० वर्षीय देवीका आचार्यलाई थप उपचारका लागि काठमाडाँै लैजान हिजो विमानस्थल पु¥याएपनि उडान नहुँदा सदरमुकाम फर्काउनु प¥यो । उनको आइतबार बिहान मृत्युभएको प्रहरीले जनाएको छ ।
खोटाङ, २९ कात्तिक : राष्ट्रपति डा रामवरण यादवले खोटाङको हलेसी महादेवको आज पूजा गरी प्रसाद ग्रहण गर्नुभयो । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान १०ः४५ बजे हलेसी आइपुग्नुभएका राष्ट्रपति डा यादवले सो अवसरमा वर्तमान राजनीतिक गतिरोध अन्त्यको कामना गर्नुभयो । सो अवसरमा राष्ट्रपति डा यादवले जिल्लाका राजनीतिक दल, हलेसी विकास समितिका पदाधिकारी, प्रशासन र स्थानीय समुदायसँग कुरा गर्दै पर्यटकीयस्थल हलेसी गुफाको विकास गराउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।