Wednesday, 08 February 2012 08:52 pm, Nepal

जन्ती बोकेको डुंगा दुर्घटना, बेहुला–बेहुलीसहिशत तीन वेपत्ता

मेचीकाली : 2011-06-26 10:40:12

ओखलढुंगा, १२ असार : ओखलढुङ्गाबाट उदयपुर जाँदै गरेको जन्ती चढेको डुङ्गा आइतवार बिहान साँढे आठ बजे सुनकोशी नदीमा पल्टिंदा बेपत्ता भएका बेहुला–बेहुलीसहित तीन अझै फेला परेको छैन ।बेपता हुनेमा वेहुला  उदयपुर घुर्मीका महेश धमला, बेहुली बलखु– ६ की सुमित्रा लुईटेल र अर्का एक जना जन्ती घुर्मीकै तिलक राई रहेका छन् ।  प्रहरीका अनुसार ओखलढुङ्गाको बलखुबाट उदयपुरको घुर्मी तर्फ जाँदै गरेको उक्त डुङ्गा बलखु–७ को थुम्लेघाटमा पल्टेको हो । ९ जना यात्रु सवार रहेकोमा तीन जना बेपता छन् ।

पुरा पढ्नुहोस्

ओखलढुंगामा भोकमरीको संकेत

मेचीकाली : 2011-03-07 13:03:52

ओखलढुंगा,  २३ फागुन : उत्पादन घटेपछि ओखलढुङ्गा जिल्लाका हिमाली र सिँचाइ नपुगेका सुख्खा क्षेत्रमा खाद्यसङ्कट हुने भएको छ । जिल्लाको कुल गार्हस्थ्य उत्पादन घटेर गत वर्षको तुलनामा यस वर्ष खाद्यान्न उत्पादनमा निकै कमी आएपछि खाद्यसङ्कट हुने जिल्ला कृषि विकास कार्यालय, ओखलढुङ्गाले जनाएको छ । ओखलढुङ्गाको एक लाख पाँच हजार ८६४ हेक्टर क्षेत्रफलमध्ये खेतीयोग्य २३ हजार ८७० हेक्टर जमिनमा गरिएको खेतीबाट यो वर्ष धान, मकै, कोदो र फापर गरी ५१ हजार ९२२ मेट्रिकटन उत्पादन भएको छ ।

पुरा पढ्नुहोस्

भिडियो-तारा एयर विमान दुर्घटना

मेचीकाली : 2010-12-17 10:35:22

तारा एरको विमान दुर्घटनास्थल र उद्धारकार्यको भिडियो । भिडियो सौजन्य : नेपाली सेना ।

पुरा पढ्नुहोस्

दुर्घटनामा परेकाको शव काठमाडौं ल्याइँदै

मेचीकाली : 2010-12-16 11:54:04

सबै यात्रुको शव फेला

शव सङ्कलनको काम सकियो

काठमाडौ , १ पुस  : खोटाङको लामीडाँडाबाट काठमाडौंका लागि उडेको तारा एयर लाइन्सको विमान दुर्घनाग्रस्त हुँदा मृत्यु भएका सबैको शव भेटिएको छ । शव सङ्कलनको काम सकिएकाले अहिले केहीबेरमा फिस्टेल एयरका हेलिकोपटरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा लामिडाँडाबाट उडेपछि सम्पर्कविहीन रहेको विमान ओखलढुङ्गाको विलन्दु गाविसको टकनी जंगलमा आज बिहान भेटिएको हो । विमानमा रहेका सबै २२ जनाको निधन भएको छ ।

पुरा पढ्नुहोस्

पहिरोमा एकै परिवारका ३ जनाको मृत्यु

मेचीकाली : 2010-08-12 12:17:43

ओखलढुंगा, २७ साउन
ओखलढुंगाको पश्चिमि गाविस खिजि फलाटे-३ मा पहिरोले बगाएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय इन्द्रबहादुर सुनुवार र उनकी छोरीहरु १२ बर्षीय रमिला र २ बर्षीय रश्मी छन् । स्थानीयवासी र नेपाली सेनाका जवानले बिहीबार उनीहरुको शव फेला पारेको हो । बुधबार राति १० बजे गएको पहिरोमा उनीहरु वेपत्ता भएका थिए । इन्द्रबहादुरका ६ बर्षे छोरा राजकुमारको जिवितै उद्धार गरिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु