सुनसरी, २३ माघ : सुनसरी र इलामका केहि पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु रहेको पुष्टि भएपछि बाँकी रहेका जिउँदा र मरेको कुखुरालाई आजदेखि खाल्डो खनेर पुर्न थालिएको छ । बर्डफ्लु पुष्टि भएको खनारमा कुखुरा मार्नका लागि क्षेत्रीय पशु रोग अन्वेषण कार्यालय बिराटनगरका प्रमुख सहितको टोली खटिएको छ ।
सुनसरी, २२ माघ : सुनसरीको खनार र इटहरी क्षेत्रमा मरेका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ । बेलायतस्थित अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशालामा पठाइएको नमुनामा बर्डफ्लु भएको पुष्टि भएको राष्ट्रिय पशु निर्देशनालयका कार्यक्रम निर्देशक रामकृष्ण खतिवडाले जानकारी दिनुभयो । आज बिहान परीक्षण रिपोर्ट आएपछि जिल्ला पशु कार्यालयले सतर्कताका लागि कर्मचारी खटाएको छ ।
सुनसरी, २१ माघ : सुनसरी जिल्लामा ठूलो संख्यामा कुखुरा मरेपछि बर्डफ्लुको आशंकामा चिकित्सकहरुको विशेष टोली परिचालन गरेर अनुसन्धान थालिएको छ । सुनसरीको खनारस्थित पाथीभरा पोल्ट्री फर्म र इटहरीस्थित पिके पोल्ट्री फर्मका कुखुरा भटाभट मर्न थालेपछि चिकित्सकहरुले स्वास्थ्य परिक्षण र सतर्कता बढाएका हुन् ।
इटहरी, ११ माघ : सरकारले इँटा उद्योगीहरुले सुरु गरेको आन्दोलनको समस्या समाधानमा चासो नरोखपछि विकास निर्माण योजना अलपत्र पर्दा निर्माण क्षेत्रसँगै दैनिक रोजगारीबाट जीवन गुजारा गर्ने श्रमजीवीहरु समस्या पर्न थालेका छन् ।
सुनसरी, ९ माघ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा आज बिहान मालबाहक ट्रक पल्टिँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका पकली–३ का ६५ वर्षीय कृष्ण राउत, ४० वर्षीय तारा राउत र ४२ वर्षीय बाबुराम राउतको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै दुर्घटनामा ३५ वर्षीय कमला केसी, दिक्षा राउत र ९ वर्षीय बालिका शारदा राउतको पनि मृत्यु भएको छ ।