धनकुटा, १५ माघ : प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी कार्यक्रममा समाचार संकलन गर्न गएका धनकुटका पत्रकारलाई प्रहरीले घेराबन्दीमा राखेको छ । सूचनाको हकमा अंकुश लगाएको बिरोधमा कालोपट्टी सहित समाचार संकलन गर्न गएका पत्रकारलाई प्रहरीले दुई घण्टा घेराबन्दी गरेको हो ।
धनकुटा, ५ माघ : धनकुटाको राजारानीमा गएराति भीषण आगलागी हुँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । राति ९ बजेतिर भएको आगलागीबाट एकै परिवारका पाँचजनाको जलेर ज्यान गएको हो । आगलागीबाट गोविन्द कटुवाल, उहाँकी श्रीमती राधा कटुवाल, छोराहरु सुजन, सुशील र विराजको ज्यान गएको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक तीर्थ मगरले बताउनुभयो ।
धनकुटा, २७ भदौ : धनकुटा नगरपालिका– ७ का एकै परिवारका दुई दिदीबहिनी बेपत्ता भएको एक हप्ता बितिसक्दासम्म पनि फेला नपरेपछि आफन्तजनले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन् । वडा नं. ७ स्थित टोपुवाटोलका १३ वर्षीया कविता र १६ वर्षीया गङ्गाकुमारी बिश्वकर्मा फेला नपरेपछि उनीहरुको हुलियासहित दाजु नगेन्द्र विश्कर्माले जिल्ला प्रहरी कार्यालय, धनकुटामा खोजतलासका लागि निवेदन दिएका छन् ।
धनकुटा, १३ साउन : धनकुटा तेलीयाका एकै परिवारका चार बालिकालाई बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको तेलीया गाविस–१ का १४ वर्षीय हर्कबहादुर विश्वकर्माले स्थानीय तामाङ परिवारका चार दिदीबहिनीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बलात्कृत हुनेहरूमा दुईजना ६ वर्षीया जुम्लिया दिदीबहिनी र उनीहरूका चार वर्षीया र पाँच वर्षीया दुई बहिनी रहेका छन् ।
धनकुटा , २४ असार : सप्तकोसी नदीबाट हुने समस्या समाधान गर्न नेपाल र भारतीय अधिकारीबीच सात बुँदे सहमति भएको छ। जसअनुसार पुनर्निर्माणको काम छिटो गर्ने, कोसी नदीबाट हुने आपतकालीन र दीर्घकालीन समस्या दुवै पक्षका प्राविधिक बसेर समाधान गर्न पहल गर्ने, सुरक्षा व्यवस्था मिलाउने आदि छन्।