भोजपुर, ३० असोज : परिवर्तनका संवाहक मानिने युवाजगतहरू रोजीरोटीका लागि विदेसिने क्रम बढिरहेको बेला भोजपुरका महिलाहरू भने उद्यमशील बनिरहेका छन् । समाजमा बढेको व्याप्त बेरोजगारी समस्यामा युवा जमात विदेसिरहेको बेला स्वदेशमा नै बसेर आपनो सीप र दक्षताको सही सदुयोग गर्न सके केही गर्न सकिन्छ भन्ने उदाहरण दिएका भोजपुरका महिलाहरूले । यतिबेला आएर भोजपुरका महिलाहरू आफूले सिकेका सीपलाई उनीहरूले व्यावहारिक रूपमा उतारेपछि स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् ।
भोजपुर, ११ असोज : भोजपूरको जिल्ला मालपोत कार्यालयमा आज बम बिस्फोट भएको छ । बिहान ४ बजे सुतली बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटबाट मालपोत कार्यालयमा सामान्य क्षती पुगेको छ । घटनास्थलमा खम्बुवान मुक्तिमोर्चा संयुक्तको पर्चा भेटिएको छ ।

भैरहवा, ७ कात्तिक : एमाले महासचिव ईश्वर पोखरेलले जारी गतिरोधलाई सहमतिबाट समाधान खोज्न एनेकपा माओवादीलाई स्पष्ट राजनीतिमा आउन आग्रह गरेका छन्।आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सत्तासाझेदारी, शान्ति प्रकृया र नयाँ संविधानका लागि दलिय सहमति हुन नसकेमुलुक लामो द्धन्द्धमा जाने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले एकआपसमा एकजुट नभइ बाह्रय शक्तिका आधारमा शक्तिबनाउँछु भन्नु हावादारी भएको बताएका छन् ।
गोरखामा विद्यालय वन्द
भोजपुर, २३ भदौ
भोजपुरको
अधिकांस गाविसमा भाइरल ज्वरोले सर्वसाधारण बिरामी परेका छन् । तीन सातादेखि
परेको अविरल बर्षाले भाइरल फिवर बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको
छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार टाउको दुख्ने, ज्वोरो आउने,
घाँटी दुख्ने, रुघाखोकी र टाइफाइडका बिरामी अस्पताल आउने गरेका छन् ।
बिद्यालय जाने बिद्यार्थी, केटाकेटीदेखि बृद्धबृद्धासम्म बिरामी परेका छन् ।
'गाउँमा बिरामी निकै छन्, अस्पताल आउने क्रम जारी छ,' जिल्ला अस्पतालका
डा.नरेन्द्र झाले भने, 'बहिरङ र आकस्मिक सेवामा बिरामी भर्ना हुनेको संख्या
बढ्दो छ ।'