संखुवासभा, २५ पुस : भिक्षुणीलाई सामुहिक बलात्कार गर्ने ५ जनालाई जिल्ला अदालत चैनपुर संखुवासभाले १२/१२ वर्ष कैदको सजायँ सुनाएको छ । जिल्ला न्यायधिस शालिग्राम कोइरालाको वन्द इजलासले उनीहरुलाई दोषी ठहर गर्दै आज सजाए सुनाएको हो । सामुहिक बलात्कार गर्ने मध्ये राजकुमार लिम्बु, भुवन कोरङगी, सोभित मगर र अभिषेख मगरलाई १२/१२ बर्षको सजायँ सुनाईएको छ ।
खाँदबारी, ११ पुस : संखुवासभाको चैनपुर-४ स्थित मादी होटलमा सोमवार विहान बम विष्फोट हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । बिहान १० बजे भएको बम विष्फोटमा मर्नेको पहिचान हुन सकेको छैन । शरिर क्षतविक्षत अवस्थामा रहेकाले मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । बम कस्ले विस्फोटन गरेको हो भन्ने थाहा हुन सकेको छैन् ।
संखुवासभा, ४ पुस : संखुवासभाको खा“दबारी १३ तुम्लिङटारकी एक दलित नावालिकालाई बलात्कार गर्नेलाई जिल्ला अदालत चैनपुरले आज १४ वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शालिकग्राम कोइरालाको इजलासले सिरहा सितापुर ५ का सोभितलाल मुखियालाई १४ वर्ष कैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताउनुभयो ।
संखुवासभा, १८ मंसिर : संखुवासभाका पत्रकार किसोर बुढाथोकी माथि आक्रमण गर्नेलाई जिल्ला अदालत चैनपुरले ५ बर्ष कैदको फैसला गरेको छ । न्यायधिस शालीग्राम कोइरालाको इजलासले बुढाथोकीलाई आक्रमण गर्ने बिकास राई र रुपक राईलाई आज ५/५ बर्ष कैदको फैसला सुनाएको हो । ज्यान मार्ने मुद्धा अन्तर्गत उनीहरुलाई ५/५ बर्षका लागि जेल चलान गरीएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।
काठमाडौं, १५ मंसिर : अदालतको फैसलापछि फरार बहुबिबाहको आरोप लागेका शिक्षक गोपालप्रसाद दाहाल पक्राउ परेका छन् । बहुबिबाहको मुद्धामा गत जेठमा जिल्ला अदालत चैनपुरले दाहाललाई १ बर्ष कैद र ५ हजार रुपैया“ जरिवानाको फैसला सुनाएको थियो ।उनलाई मादी प्रहरी चौकीले बिद्यालयमा पढाईरहेको बेला आज पक्राउ गरेको हो ।