Wednesday, 08 February 2012 08:16 pm, Nepal

स्कुटर दुर्घटनामा दुईको मृत्यु

रासस: 2012-02-07 10:57:00

भद्रपुर, २४ माघ : स्कुटरमा सवार दुई युवकको गएराति दुर्घटनामा परी मृत्यु भएको छ ।अनारमणि–३ बस्ने १८ वर्षीय साजन सुब्बा र १७ वर्षीय अभिषेक आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । सुब्बाको विर्तामोडस्थित कन्काई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने आचार्यलाई उक्त अस्पतालबाट उपचारका लागि भारतको सिलगुडी लग्नेक्रममा बाटोमा मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

हत्यारा पत्ता लगाउन विद्यालयको दबाब

मेचीकाली : 2012-02-06 13:26:06

भद्रपुर, २३ माघ : झापाको हल्दीबारीस्थित उच्च माध्यमिक विद्यालयकी एक छात्राको हत्या भएको चार दिन बित्दा पनि हत्यारा पत्ता नलागेकामा विद्यालयले चिन्ता व्यक्त गरेको छ । विद्यालयका अध्यक्ष रेवतीरमण नेपाल, अभिभावक सङ्घका अध्यक्ष नरबहादुर बस्नेत र प्राचार्य यामकुमार सिटौलाले संयुक्तरुपमा विज्ञप्ति जारी गरी कुनै बहानामा दोषीलाई उन्मुक्ति दिइएमा विद्यालय सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

पुरा पढ्नुहोस्

झापामा बस दुर्घटना ३ को मृत्यु,६ घाइते

मेचीकाली : 2012-02-05 11:16:42

झापा, २२ माघ : झापाको जामुनखाडीमा मुनाल यातायातको यात्रुबस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेचीनगरपालिकाका बस चालक अशोक अधिकारी, सोही स्थानका निर्जल रिजाल र इटहरीकी कृष्णमाया श्रेष्ठ छिन् । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

पुरा पढ्नुहोस्

‘घरभित्र झुल कि झुलभित्र घर’

मेचीकाली : 2012-02-02 14:32:05

भद्रपुर, १९ माघ : जिल्ला जनस्वास्थ्य कार्यालय झापालाई झुलअनुसारको घर पाउन  भएको कठिनाइले  टाउको दुखेको छ । जिल्लामा औलो र कालाजार रोकथामका लागि लामखुट्टेबाट जोगिन खाटलाई छोप्ने झुलमा कतिपय ठाउँमा घर नै अटाउने अवस्था देखिएपछि  कार्यालयलाई टाउको दुखाइ भएको हो ।

पुरा पढ्नुहोस्

विश्वको सबैभन्दा होचो व्यक्तिको दाबीसहित एक वृद्ध सार्वजनिक

मेचीकाली : 2012-01-31 13:33:28

झापा (काँकडभिट्टा), १७ माघ : झापाको विर्तामोडमा विश्वको सबैभन्दा होचो व्यक्तिको दाबीसहित दाङ पुरन्धरा–८ का एक वृद्ध सार्वजनिक भएका छन् ।  बाइस इन्च उचाइ र १२ किलोग्राम तौलसहितका ७२ वर्षीय चन्द्रबहादुर डाँगीलाई बागेश्वरी डाँगीबन्धु ट्रसको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले विर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु