Wednesday, 26 September 2018 03:05 am, Nepal

पचास परिवार ४७ वर्षदेखि एउटै इनारमा निर्भर

मेचीकाली : 2018-09-23 08:17:48

भद्रपुर, ७ असोज : समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला ।दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

फलफूल खेतिबाटै वाार्षिक १० लाख आम्दानी

मेचीकाली : 2018-08-22 09:01:15

झापा, ६ भदौ  : फलफूल खेति गरेर झापाका एकजना किसानले राम्रो आम्दानी गरिरहनुभएको छ । झापाको अर्जुनधारा नगरलपालिका ९ कालिकास्थानका दिनबन्धु थापाको बारीमा थरीथरीका फलफूल छन् । कुनै पाकेका, कुनै पाक्ने बेला भएका अनि कुनैचाहिँ भर्खर भर्खर फूल खेल्न थालेका ।

पुरा पढ्नुहोस्

छाप्रा जल्दा सात लाखभन्दा बढीको क्षति

मेचीकाली : 2018-05-31 16:16:52

दमक, १७ जेठ : झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । आज बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

रासस: 2018-05-14 14:58:48

दमक, ३१ वैशाख : सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।

पुरा पढ्नुहोस्

बम विस्फोटको आरोपमा पक्राउ

मेचीकाली : 2018-05-13 15:49:28

झापा, ३० वैशाख  : झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु