इलाम, २६ मंसिर : संघिय लिम्वुवान राज्य परिषद सन्जुहाङ पालुङवाद्धारा आह्वान गरिएको अरुणपूर्ब अनिश्चितकालिन आमहड्तालका कारण इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरुको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । वन्दको दोस्रो दिन आज पनि इलामबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसधान चलेका छैनन् । शिक्षण संस्थाहरु सञ्चालन हुन नसक्दा बिद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । बजार तथा पसलहरु पनि खुलेका छैनन् ।
इलाम, १९ मंसिर : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले कृषि विकास बैंक विगत र वर्तमानमा पनि किसानको हितमा लागेको बताउनुभएको छ । इलामको मङ्गलबारेस्थित कृषि विकास बैंकमा बैंकिङ कार्यक्रमको आज शुभारम्भ गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । बैंकले वाणिज्य बैंक सेवा उपलब्ध गराउँदै आएकोमा उहाँले पश्चिमी क्षेत्रका झन्डै एक दर्जन गाविसका किसानलाई फाइदा पुग्ने बताउनुभएको छ ।
इलाम, १७ मंसिर : मेची राजमार्ग अन्तर्गत इलामको कोलबुङ–९ किटेनीमा आज बिहान भएको सवारी दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । इलाम सदरमुकामस्थित पिपलबोटेबाट वनभोजका लागि झापाको जामुनखाडीतर्फ जाँदै गरेको ना४ख ६१२० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको रा१ज १६६ नम्बरको जिप आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
इलाम, १४ मंसिर : सन्तानोत्पादन दर रोकी सम्भावित रेबिजलगायतका रोग नियन्त्रण गर्ने उद्देश्यले इलाम सदरमुकाममा कुकुर, बिरालो बन्ध्याकरण शिविर भइरहेको छ । हिजोदेखि शुरु बन्ध्याकरणमा आजसम्म २५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । पोखराको हिमालयन एनिमलस रेस्क्यू ट्रष्ट नेपालको प्राबिधिक सहयोगमा इलाम नगरपालिका कार्यालय र जिल्ला पशु सेवा कार्यालय, इलामको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
इलाम, १६ कात्तिक : संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले दलहरुबीच भएको सहमतिले मुलुकलाई नयाँ मोड दिएको बताउनुभएको छ । आफ्नै गृह जिल्ला इलाममा रहनु भएका नेम्वाङ्गले आज विहान सञ्चारकर्मीहरु संग कुरा गर्र्दै दलहरुबीच भएको ऐतिहासिक सहमति र निणर्ययले मुलुकलाई अघिबढ्ने आधार तयार भएको बताउनु भयो ।