काठमाडौँ, ६ मंसिर : काठमाडौँ तराई फास्ट–ट्रयाकअन्तर्गत काठमाडौँको छैमले गाउँ विकास समितिमा पर्ने दुई सय रोपनी जग्गाको मुआब्जा निर्धारण भएको छ ।काठमाडाँैका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हिजो बसेको बैठकले प्रतिआना रु ३२ हजारदेखि रु एक लाखसम्म मुआब्जा दिने निर्णय गरेको हो ।
पाँचथर, १ मंसिर : पाँचथरमा ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पाँचथरको थर्पुबाट च्याङ्थापुतर्फ मध्यपहाडी लोकमार्गको सामान लिएर जाँदै गरेको मे१त ७२१२ नम्बरको ट्र्याक्टर ओयाम–३ को स्कुल डाँडा भन्ने स्थानबाट २५० मिटर तल खसेको थियो । दुर्घटनामा सिन्धुपाल्चोकका विजय बम्जन, सोमबहादुर सिंह र ओखलढुङ्गाका नाम खुल्न नसकेका कान्छा लामाको घटनास्थलमा नै मृत्यु भएको छ ।
पाँचथर, २५ कात्तिक : पाँचथरको नाँगिन २ मा हिजो वेलुकी भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाईते भएका छन् । पांचथरको फिदिमवाट नाँगिन तर्फ गइरहेको को १ च ३६१३ नम्वरको पिकअप व्रेकफेल भई नाँगिन २ को अम्वके भीरवाट करिव ३ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा सवारी चालक नाँगिन ८ वस्ने दुर्गा मिश्र र सँगिता न्यौपाने रहेका छन् ।
पाँचथर, २४ पुस : पाँचथरको याङनाम र नाङ्गीनमा निर्माण गरिने हेंवा खोला ‘ए’ जलविद्युत आयोजनाबाट २६ मेघावाट विद्युत उत्पादन गर्न सकिने पछिल्लो सर्वेक्षणले देखाएको छ । सो खोलामा सञ्चालन गर्न लागिएको परियोजनामा पाँचथर पावर कम्पनीले गरेको अघिल्लो सर्भेमा १२ मेघावाट मात्र विद्युत उत्पादन क्षमताको सर्भे गरे पनि योजनाको पछिल्लो डिटेल सर्भेले १४ मेघावाट क्षमता बढाएर २६ मेघावाट विद्युत उत्पादनको लागि अन्तिम प्राविधिक सर्भे निकालेको हो ।
पाँचथर, १८ मंसिर : माओवादी भातृ संगठन वाईसीएलले पाँचथरमा शुक्रबार राति ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई प्रहरी घाइते भएका छन् । प्रहरीमाथि आक्रमण गर्ने वाईसीएलका जिल्ला अध्यक्ष लेन्जो भन्ने योगेन्द्र साउदेनसहित तीनलाई प्रहरीले मध्यरातमै पक्राउ गरेको छ । सदरमुकाम फिदिमबजारको ठाडो लाइनमा रहेको बबिता पान पसलमा पान खाएर रकम नतिरी उल्टै व्यवसायीलाई कुटपीट सुरु गरेपछि पुगेको प्रहरीमाथि वाईसिएलले आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार खड्ग श्रेष्ठ र जवान सुन्दर राई घाइते छन् ।
|