Tuesday, 21 August 2018 02:22 am, Nepal

मकै नफलेपछि पाँचथर र तेह्रथुमका किसान चिन्तित

मेचीकाली : 2018-08-17 08:43:56

पाँचथर, १ भदौ : पाँचथर र तेह्रथुम जिल्लाका किसान मकैबाली नसप्रिएपछि चिन्तामा परेका छन् । बेँशी क्षेत्रमा मकै उत्पादन नभएपछि किसानका घर रित्तो भएका छन् भने वर्षभरि के खाने भन्ने चिन्ता पनि उनीहरूमा छ । पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्वर–१ आङ्नाका सन्त तामाङको करिब १० रोपनी बारीमा कुखुरालाई चारो दिन एक महिना पुग्ने पनि मकै फलेन ।

पुरा पढ्नुहोस्

गाई व्याएपछि किसानलाई भक्ता

मेचीकाली : 2018-07-30 10:21:56

पाँचथर, १४ साउन : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको २ नम्बर वडामा विमा गरिएको सुत्केरी गाईपालक किसानलाई भक्ता दिन सुरु गरिएको छ । व्यवसायिक रुपमा गाईपालनमा किसानलाई आकर्षित गराउन वडापालिकाले गाई व्याएको तीन महिना भित्रमा २ हजार २ सय भत्तास्वारुप दिन सुरु गरेको वडाध्यक्ष बहादुरसिहं नेम्वाङले बताउनुभयो ।

पुरा पढ्नुहोस्

अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

मेचीकाली : 2018-05-11 17:39:58

पाँचथर, २८ वैशाख : अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।

पुरा पढ्नुहोस्

काम नसकिँदा विद्युत् खेर जाँदै

मेचीकाली : 2018-05-10 16:59:21

पाँचथर, २७ वैशाख : थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ । प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजनाको ३३ केबिएबाट पाँच मेगावाट मात्र केन्द्रीय प्रसारणमा जडान हुँदैछ ।

पुरा पढ्नुहोस्

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

मेचीकाली : 2018-05-07 13:21:42

पाँचथर, २४ वैशाख : मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ । फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु