Tuesday, 23 October 2018 10:12 pm, Nepal

पाँचखालमा तीजको दर खाँदा ५० जना बिरामी

मेचीकाली : 2018-09-08 10:57:37


 बनेपा, २३ भदौ :

पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट अहिलेसम्ममा ५० जनालाई उपचारका लागि अस्पताल ल्याउनेक्रम जारी रहेको र बिरामी अझै बढ्ने देखिएको छ । बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ ।

बिरामीको सङ्ख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेको भन्ने जानकारी आएका कारण दुबै अस्पतालमा द्रुत गतिमा सेवा प्रवाह गर्नका लागि चिकित्सको टोलीलाई आग्रह गरिसकिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु