dashain
Wednesday, 17 October 2018 06:35 pm, Nepal

सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको मृत्यु

एजेन्सी : 2018-08-10 09:35:17


यमन, २५ साउन  :

साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको मृत्यु भएको छ । हवाइ आक्रमणमा परी अन्य ३० बालबालिका घाइते भएको अन्तर्राट्रिय रेडक्रस सोसाइटीले जनाएको छ । उत्तरी यमनको शाद इलाकाको बजार क्षेत्रमा गुडिरहेको बसमा सवार बालबालिका आक्रमणमा परेका हुन् ।

 साउदी गठबन्धनले हुथी विद्रोहीविरुद्व लडिरहेको यमन सरकारलाई समर्थन गरिरहेको वीव्ीसीले जनाएको छ । हुथी विद्रोहीको स्वास्थ्य मन्त्रालयले भने हमलामा मारिने बालबालिकाको संख्या ४३ रहेको र तिनीहरुमध्ये अधिकांश १० बर्षभन्दा कम उमेरका रहेको समाचारमा उल्लेख छ । मानव अधिकारवादी संगठनहरुले भने साउदी अरब नेतृत्वको गठबन्धन सेनाले स्कुल, बजार, अस्पताल र आवासीय क्षेत्रलाई निशाना बनाउने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु