dashain
Wednesday, 17 October 2018 05:50 pm, Nepal

सम्पति शुद्धीकरण मुद्दा : गणेश लामालाई एक बर्ष कैद सजायको फैसला

मेचीकाली : 2018-08-09 17:21:58


काठमाडौं, २४ साउन :

नेपाली कांग्रेसका नेतासमेत रहेका गुण्डानाइके गणेश लामा सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् । उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् । उनलाई अदालतले एक वर्ष कैद र एक करोड विगो जफत गर्ने फैसला गरको हो । उनले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पती जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।

बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्धय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बिहीबार लामालाई एक बर्ष सजायको फैसला सुनाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अनुसन्धानमा आधारीत भएर २०७० साल जेठ ५ गते लामा सहित पाँच जना गुन्डा नाईके विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु