dashain
Wednesday, 17 October 2018 06:37 pm, Nepal

काभ्रेमा आत्महत्या गर्नेको संख्या बढ्यो

मेचीकाली : 2018-08-08 13:30:12


काभ्रे, २३ साउन :

पछिल्लो केहि वर्षदेखि काभ्रेमा आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको पछिल्ला तीन वर्षको बार्षिक तथ्याङकको तुलना गर्ने हो भने वर्षेनी आत्महत्या गर्नेको संख्या बढेको पाइन्छ ।  सरकारी तथा गैह्र सरकारी संस्थाहरुले आत्महत्या लगायतका विषयमा सचेतना प्रवाह गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु अघि सारेपनि ती कार्यक्रम भने प्रभावकारी देखिएका छैनन् ।

प्रहरीको तथ्याङक अनुसार पछिल्लो आर्थिक वर्ष २०७४/०७५ मा काभ्रेका एक सय ३६ जनाले विभिन्न माध्यमको प्रयोग गरि आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी झुण्डिएर ७९ जनाले आत्महत्या गरेका छन् । त्यसैगरि विष सेवन गरि ४३ जना, पानीमा डुबेर १३ जना र तातोपानी खन्याएर १ जनाले आत्महत्या गरेका छन् । प्रहरीको तथ्याङ अनुसार आर्थिक वर्ष २०७३÷७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा आत्महत्या गर्नेको संख्या बढेको छ । प्रहरीका अनुसार सबैभन्दा बढी चैत र बैशाख महिनामा आत्महत्याको संख्या बढी छ । पछिल्लो वर्ष चैत र बैशाख महिनामा १२/१२ जनाले आत्महत्या गरेका थिए भने साउनमा १० जना र असोजमा ९ जनाले विष सेवन, झुण्डिएर आत्महत्या गरेका छन् ।

प्रहरीले आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा एक सय १८ जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेका थिए । प्रहरीका अनुसार उक्त आर्थिक वर्षमा झुण्डिएर ६५, विष सेवन गरेर ४७ र डुबेर ६ जनाले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा काभ्रेमा ९७ जनाले आत्महत्या गरेका थिए ।

प्रहरीको तथ्याङक हेर्दा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी रहेको छ । आर्थिक वर्ष २०७२/०७३ देखि २०७४/०७५ सम्म तीन सय ५१ जनाले  विभिन्न माध्यमबाट आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले पछिल्लो समय बैदेशिक रोजगारी, मादक पदार्थको सेवन पछि श्रीमान्, श्रीमतीको झगडा, परपुरुषसँगको सम्बन्धलगायतका कारण आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु