dashain
Wednesday, 17 October 2018 06:22 pm, Nepal

पाकिस्तानको सडक दुर्घटनमा १८ को मृत्यु

एजेन्सी : 2018-08-05 14:13:04


पेशावर, २० साउन : पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको बस कोहाट शहर नजिक ट्रकसँग ठोक्किएको थियो ।

घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारी एजाज खानले बताउनुभयो ।

इन्धन बोकेको ट्रकमा भने भाग्यवस आगलागी नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनका विषयमा छानबिन सुरु गरेको छ । पाकिस्तानमा सडकको दुरवस्था, सवारी साधनको नियमित जाँच नहुने र जथाभावी ड्राइभिङका कारण बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु