dashain
Monday, 15 October 2018 11:44 pm, Nepal

उर्जामन्त्रीले आजदेखि उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने

मेचीकाली : 2018-08-03 09:35:40


काठमाडौं, १८ साउन  :

जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आजदेखि नागरिकसँग सम्वाद सुरु गर्दै हुनुहुन्छ । प्रत्येक साताको शुक्रबार दिउँसो १२ देखि १ बजेसम्म हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने तयारी छ । त्यसको सुरुवात आजैबाट हुने उर्जा मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र मातहतका विद्युत प्राधिकरण र विद्युत विकास विभागलगायतका सेवाबारे उपभोक्ताको गुनासो सुन्न र यसबाट प्रभावकारी रुपमा सेवा प्रदान गर्नका लागि यो कार्यक्रमको सुरुवात भएको बताइएको छ । खड्काका अनुसार एक घन्टाभित्र उर्जामन्त्रीसँग निःशुल्क हटलाइन नम्बर ११५१ का साथै ०१–४२००६४१ र ४२ मा समेत प्रत्यक्ष कुराकानी गर्न सकिनेछ । हटलाइनमार्फत् गरिएका गुनासाहरू तत्काल सबोधन गरिने जनाइएको छ । त्यसकालागि सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिइने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु