Wednesday, 26 September 2018 03:22 am, Nepal

पाँचखालको कर काठमाडौंको जस्तै, नगरबासी आन्दोलित

मेचीकाली : 2018-08-02 08:32:51


काभ्रे, १७ साउन :

पाँचखाल नगरपालिकाले नागरिकहरुको हित विपरित करका दरहरु निर्धारण गरेको भन्दै नगरबासिहरु आन्दोलित भएका छन् । नगरपालिकाले एकलौटी रुपमा नागरिकहरुको सुझावलाई समेत वेवास्ता गर्दै करका दरहरु निर्धारण गरेको थियो । तत्काल कर घटाउन नगरपालिकालाई अल्टिमेटम दिएको भन्दै नेकपाका एक नेताले नगरबासिहरुको मागलाई वेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रने बताए ।

नेकपाका नेताहरुले नगर प्रमुख महेश खरेललाई भेट गरेर जनताका समस्याका बारेमा अवगत गराएका छन् । एकतर्फी रुपमा नगरपालिकाले बढाएको करको दर शंशोधन गर्न नगरबासिहरु आन्दोलित भएपछि नगरपालिका पर्ख र हेरको अवस्थामा पुगेको छ । काम भन्दा धेरै कुरा गर्न माहिर पाँचखाल नगर प्रमुख महेश खरेलले हरेक निर्णय जनताको विरुद्धमा गर्दै आएको नगरबासिहरुले बताए । स्थानीय शासन सन्चालन ऐन २०७४ को दफा ५५ को प्राबधान अनुसार घर जग्गामा लगाइने एकीकृत सम्पति कर वा घर जग्गा कर सम्बन्धी ब्यबस्थाले कर निर्धारणका आधारहरु समेत उल्लेख गरि २०७५ श्रावणदेखि एकीकृत सम्पति कर लगाउने कुरा उल्लेख गरेको छ ।

अर्को तर्फ आर्थिक विधेयक २०७५ को दफा ३४ ले उल्लेखित स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ५५ लाई सम्सोधन गरि ‘गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्र भित्रका घर र सो ले चर्चेको जग्गामा सम्पति कर लगाउने र सम्पत्ति कर लगाउन भनी तोकिएको जग्गा भन्दा बाहेक अन्य जग्गमा भुमिकर कर लगाउनु पर्नेछ भन्ने ब्यबस्था किटान गरेको छ । तर पाँचखाल नगरपालिकाले ऐनमा उल्लेखित कर निर्धारणका आधारहरु बेवास्ता गर्दै एवम् आर्थिक विधेयकले शंसोधन गरेको प्राबधान लत्याएर केवल बाटोले छोएको आधार मात्र बनाई एकीकृत सम्पति कर निर्धारण गरेको छ ।

कृषि नगर पाँचखाल शहरले किसानको हितमा थप कार्यक्रम ल्याउनुको सट्टा खेतीयोग्य जमिनलाई बाटोले छोएको आधार बनाई केवल कर मात्र असुल्ने तर केही पनि राहत र सुबिधा दिन नचाहेको आरोप लागेको छ । नगरबासिहरुले ग्रामीण नगरको रुपमा रहेको पाँचखालमा देसकै सबैभन्दा महगो कर तिर्नु पर्ने अवस्थामा काठमाडौ महानगर भन्दा महगो करको दर र काभ्रेको अरु नगर भन्दा दसौं गुना जग्गाको मूल्याकंन गरेकोको प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु