Sunday, 18 November 2018 06:40 pm, Nepal

श्रीलङ्काली राष्ट्रपतिद्वारा लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन र पूजा

मेचीकाली : 2014-11-25 13:49:11


लुम्बिनी (रुपन्देही), ९ मङ्सिर :

श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान पूजा गर्नुभयो । यसअघि श्रीलङ्काली राष्ट्रपतिसहितको टोली चढेको हेलिकप्टर  लुम्बिनीको बसपार्क नजिक रहेको हेलिप्याडमा अवतरण गरेको थियो ।
अवतरणपछि बाहिरी बाटो हँुदै ५ नं ढोकाबाट मायादेवी मन्दिर प्रवेश गर्नुभएका राष्ट्रपति राजापाक्षले झन्डै पाँच मिनेट मायादेवी मन्दिर र अशोक स्तम्भको दर्शन र अवलोकनमा व्यतीत गर्नुभएको थियो ।

उहाँले मायादेवी मन्दिर परिसरमा शान्ति दीपसमेत प्रज्ज्वलन गर्नुभएको थियो ।युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उहाँलाई नागरिक अभिनन्दनसहितको उपहार टक्र्याउनुभएको थियो ।

त्यसैगरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा श्याङ्बा शेर्पाले बुद्धको प्रतिमूर्ति र मायादेवीको चित्र अङ्कित थान्का पनि उहाँलाई प्रदान गर्नुभएको थियो ।  

सो अवसरमा मन्त्री पौडेलले श्रीलङ्काली राष्ट्रपतिको दोस्रो लुम्बिनी भ्रमणले लुम्बिनीको समग्र विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै, उहाँले राष्ट्रपति राजापाक्षको यस पटकको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध अझै प्रगाढ बनाउन सघाउ पुग्ने विश्वास प्रकट गर्दै यसबाट श्रीलङ्कामा पनि लुम्बिनीप्रतिको सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गर्नुभयो ।

लुम्बिनी पुग्नु हुँदा श्रीलङ्काली राष्ट्रपति राजापाक्षलाई मन्त्री पौडेलले स्वागत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु