Wednesday, 26 September 2018 03:28 am, Nepal

दिर्घरोगको उपचारमा चाहेजति प्रगति भएन – राष्ट्रसङ्घ

एजेन्सी: 2018-09-23 15:25:33

पेरिस, ७ असोज : विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्ममा दिर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसङ्घीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताहरुले बताएका छन् ।अर्बुध रोग, मुटुरोग, मधुमेह र जटिल किसिमका श्वासप्रश्वास रोगहरुबाट सन् २०१६ मा मात्र ३० देखि ७० वर्ष उमेरका एक करोड २५ लाख जनाको मृत्यु भएको थियो ।

पुरा पढ्नुहोस्

भियतनामी उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति

एजेन्सी: 2018-09-23 15:23:42

हनोई, ७ असोज : भियतनामका उपराष्ट्रपति डाङ थी नोक थिन्हलाई आइतबार कार्यवाहक राष्ट्रपति बनाइएको भियतनाम समाचार समितिले जनाएको छ । दुई दिनअघि भियतनामका राष्ट्रपति ट्रान डाई क्वाङको ६१ वर्षका उमेरमा निधन भएको थियो ।उपराष्ट्रपति थिन्ह सन् २०१६ देखि सो पदमा हुनुहुन्थ्यो ।

पुरा पढ्नुहोस्

लेक भिक्टोरियामा फेरी पल्टिँदा ४० जनाको मृत्यु

एजेन्सी: 2018-09-21 10:09:15

तान्जिनिया, ५ असोज : तान्जिनियामा सयौँ मानिस चढेको फेरी भिक्टोरिया तालमा पल्टिँदा कम्तिमा ४० जनाको ज्यान गएको छ । भिक्टोरिया तालमा डुंगा पल्टिँदा डुब्नेको संख्या २ सय भन्दा बढी रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार आज बिहानसम्मका लागि उद्धारको काम रोकिएको छ ।

पुरा पढ्नुहोस्

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

एजेन्सी: 2018-09-20 13:42:52

टोकियो, ४ असोज : जापानका प्रधानमन्त्री सिन्जो अबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ । यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहनुहुने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षको हुनुहुन्छ ।

पुरा पढ्नुहोस्

अफगान राष्ट्रपति नयाँ दिल्ली भ्रमणमा

एजेन्सी: 2018-09-19 13:05:24

नयाँदिल्ली, ३ असोज : अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा छलफल गर्न बुधबार नयाँदिल्ली आइपुग्नुभएको छ ।एक दिवसीय उक्त भ्रमणका अवसरमा उहाँहरुबीच क्षेत्रीय सुरक्षा, व्यापार र अफगानिस्तानमा भारतीय सहयोगमा सञ्चालित विकास कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु