dashain
Saturday, 20 October 2018 06:06 am, Nepal

नयाँ पदमार्गको खोजीमा राष्ट्रियसभा अध्यक्ष र पर्यटनमन्त्री

मेचीकाली : 2018-10-15 10:51:49

–लक्ष्मीप्रसाद सापकोटा   पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो । बिहान उठेपछि सूर्योदय हेरेर मनोरम दृश्यमा आफूहरुको मन बहलाउनुभयो ।

पुरा पढ्नुहोस्

फापरको फुलले पर्यटक लोभ्याउँदै

मेचीकाली : 2018-08-23 15:02:46

प्राकृतिक सुन्दरताले ओतप्रोत भएको हिमाली जिल्ला मनाङमा स्थानीय बाली फापरको खेतीले थप आकर्षण थपेको छ । मनाङको मुख्य बालीका रुपमा रहेको फापर फुल्ने सिजन भएकाले यतिबेला मनाङ रङ्गीन देखिनाका साथै पर्यटकलाई समेत लोभ्याएको हो । बर्षेनी हजाराँै पर्यटकको आगमन हुने जिल्ला मनाङका भिरालो तथा सम्म पाखाहरुमा लगाइएको फापर फुलेसँगै मनाङको प्रकृति रङ्गीन देखिएको छ । हिमाल, ताल दृश्यावलोकन तथा साहसिक यात्राका लागि आउने पर्यटकहरु यतिबेला फापर फुलको रङ्गमा रमाउन पाउँदा निकै भाग्यमानी सम्झन्छन् ।

पुरा पढ्नुहोस्

गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको रुइसे

रासस: 2017-03-21 08:30:39

म्याग्दी-सदरमुकाम बेनीदेखि एक बिहानको पैदल दूरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यले सु–सज्जित बनेको छ । भर्जिन (नयाँ) पदमार्गका रुपमा परिचित धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको यो क्षेत्रको जङ्गलमा फागुन महिनाको सुरुवातसँगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आकर्षित गरिरहेको छ । समुद्री सतहदेखि दुईहजार पाँचसय ३० मिटर उचाइमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोला गाविसको सीमा क्षेत्रलाई समेटेको रुइसे–भेडीओढारबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

पुरा पढ्नुहोस्

प्याराग्लाइडिङको सम्भावना बोकेको ‘बाहुनडाँडा’ ओझेलमा

मेचीकाली : 2017-02-03 11:25:58

सुशीला रेग्मी

रामपुर (पाल्पा)- हिमाल, पहाडसँगै कालीगण्डकी बँेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलमा परेको छ ।रामपुर नगरपालिका–१० को विकट र दुर्गममा रहेको यस क्षेत्रबाट कालीगण्डकी उपत्यकाको अवलोकन गर्दा कुनै विकसित सुन्दर सहरजस्तो लाग्छ ।

पुरा पढ्नुहोस्

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो

मेचीकाली : 2016-10-17 15:52:03

वासुदेव पौडेल

पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा गर्ने लालसा बोकेर यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि यस वर्ष पदयात्रामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु