Friday, 17 August 2018 10:33 pm, Nepal

‘मकालु’को पहिलो उडान बैंकक

मेचीकाली : 2018-08-17 16:40:00

काठमाडौँ, १ भदौ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो ।

पुरा पढ्नुहोस्

मकै नफलेपछि पाँचथर र तेह्रथुमका किसान चिन्तित

मेचीकाली : 2018-08-17 08:43:56

पाँचथर, १ भदौ : पाँचथर र तेह्रथुम जिल्लाका किसान मकैबाली नसप्रिएपछि चिन्तामा परेका छन् । बेँशी क्षेत्रमा मकै उत्पादन नभएपछि किसानका घर रित्तो भएका छन् भने वर्षभरि के खाने भन्ने चिन्ता पनि उनीहरूमा छ । पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्वर–१ आङ्नाका सन्त तामाङको करिब १० रोपनी बारीमा कुखुरालाई चारो दिन एक महिना पुग्ने पनि मकै फलेन ।

पुरा पढ्नुहोस्

गिट्टी, बालुवा तस्करी बृद्धि

मेचीकाली : 2018-08-15 14:50:21

उदयपुर, ३० साउन : स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ ।

पुरा पढ्नुहोस्

दक्षिण कोरिया जान हवाई दर २३ प्रतिशतले सस्तो

मेचीकाली : 2018-08-07 08:56:28

काठमाडौं, २२ साउन  : रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकट वापत तिर्ने रकम घटेको छ । दक्षिण कोरिया जान हवाई दर २३ प्रतिशतले सस्तो भएको हो । अब कामदारले हवाई टिकट वापत ४ सय ११ अमेरिकन डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्र तिरे पुग्ने भएको हो ।

पुरा पढ्नुहोस्

व्यवस्थित बन्दै नारायणगढ बजार

मेचीकाली : 2018-08-05 14:10:46

चितवन, २० साउन : स्थानीय निकायमा निर्वाचित भएर जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि राखिने सामग्रीको व्यवस्थापन गरिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु