dashain
Monday, 22 October 2018 02:05 pm, Nepal

काभ्रेमा पुननिर्माण अझै सुस्त

मेचीकाली : 2018-10-22 09:27:45

टहरामै वित्यो हजारौं भुकम्पपीडितको दशैं

काभ्रे, ५ कात्तिक : भुकम्प गएको साढे तीन वर्ष पुग्न लाग्दा हालसम्म काभ्रेमा अपेक्षा अनुरुप पुनःनिर्माणको कामले गति लिन सकेको छैन । जसका कारण जिल्लाका आधा भन्दा बढी भुकम्पपीडितले यसपटकको दशैं पनि टहरामै मनाएका छन् ।भुकम्प गएको  ४१ महिना बित्न लाग्दा नीजि आवास पुनःनिर्माणको लागि पहिलो किस्ता रकम लिएका भुकम्प पिडितहरुमध्ये हालसम्म २७ दशमलव ३४ प्रतिशत भुकम्प पिडितले मात्रै आफ्नो नीजि आवास पुनःनिर्माणको काम सम्पन्न गरेका छन् ।

पुरा पढ्नुहोस्

नवलपरासी र रामेछापमा सवारी दुर्घटना, ९ जनाको ज्यान गयो

मेचीकाली : 2018-10-21 10:41:22

काठमाडौं, ४ कात्तिक : पुर्वी नवलपरासी र रामेछापमा भएका सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । नवलपरासीमा ६ जना र रामेछापमा ३ जनाको ज्यान गएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा आज बिहान भएको दुर्घटनामा परी घटनास्थलमै ५ जनाको ज्यान गएको थियो भने पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो ।

पुरा पढ्नुहोस्

बडादशैंको अन्तिम चरण सुरु, आज पनि टिका लगाउने क्रम जारी

मेचीकाली : 2018-10-20 07:11:34

काठमाडौं,, ३ कात्तिक : हिन्दूहरुको सबैभन्दा ठुलो चाड वडादशैंको अन्तिम चरण सुुरु भएको छ । हिजो देशभरीका जमराघरहरुमा देवी वसर्जन गरेर टिका लगाउन सुरु गरिएको थियो । आफन्त तथा मान्यजनबाट टिका तथा जमरा लगाएर आशिर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी रहेको छ । नेपालका पश्चिमी जिल्लाका केही भागहरुमा हिजो एक दिन मात्रै टिका लगाइयो भने केही भागमा पूर्णिमाको दिनसम्म दुर्गाभवानीको टिका तथा प्रसाद लगाउने एवं मान्यजनहरुबाट आशिष लिने चलन छ ।

पुरा पढ्नुहोस्

आज ट्याक्सीले बढी भाडा लिए तत्काल कारवाही

मेचीकाली : 2018-10-19 10:43:23

काठमाडौं, २ कात्तिक : विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

पुरा पढ्नुहोस्

आज बडा दशैंको मुख्य दिन, टिका र जमरासहित आशिर्वाद ग्रहण गरिँदै

मेचीकाली : 2018-10-19 07:22:10

-टिकाको साइत बिहान ९:५१ बजे

काठमाडौं, २ कात्तिक : आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज टिका तथा जमरा ग्रहण गरिँदैछ । दशैंको टिकाका लागि बिहान ९ बजेर ५१ मिनेटको शुभ साइत रहेको छ । त्यसअघि ९ बजेर ३९ मिनेटमा देवी बिजर्सनको साइत रहेको छ । तर, विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु